जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी

काठमाडौं ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए। यो जितपछि रियल म्याड्रिडले दोस्रो स्थानमा रहेको जिरोनामाथि स्पष्ट ५ अङ्कको अग्रता हासिल गरेको छ। रियलको २४ खेलमा ६१ अङ्क भएको छ भने जिरोनाको ५६ अङ्क रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर