एसीसी महिला प्रिमियर कप : नेपालले भुटानको सामना गर्दै

काठमाडौं ।  एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले भुटानको सामना गर्दैछ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।

नेपाल र भुटानले समूह ‘डी’ अन्तर्गतको आआफ्नो पहिलो खेल जितेका छन् । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो । भने भुटानले माल्दिभ्सलाई ९४ रनले हराएको थियो । समूह डी मा रहेका हङकङ र माल्दिभ्सले पहिलो खेलमा हार बेहोरेका छन् । नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने तालिका रहेको छ ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् । चार समुहका विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् । यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर