समिति घोषणा गरी प्रहरी समायोजन अगाडि बढाइने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुङ्ग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् ।

अध्यागमन विभागको ईभिसा अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमको शुक्रबार शुभारम्भ गर्दै उनले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा रहेको बताए । उनले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेकाले अब मन्त्रिपरिषदबाट पास गरी संसदमा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको पनि बताए ।

‘‘राष्ट्रिय परिचयपत्रको पनि औचित्य पुष्टि हुनेगरी हामीले नयाँ ढङ्गले राष्ट्रिय परिचयपत्रको सदुपयोग गर्ने योजना बनाइरहेका छौँ । राष्ट्रिय परिचयपत्र अहिले जसरी जारी गरिरहेका छौं , हरेक ठाउँमा सेवा लिन जाँदा उही फिंगरप्रिन्ट दिनुपर्ने, लाइन लाग्नुपर्ने भयो भने राष्ट्रिय परिचयपत्रको औचित्य हुँदैन, त्यसकारण राष्ट्रिय परिचयपत्र सबैसँग इण्टिकेट गर्ने र अरुलाई पनि सेवा त्यही ढङ्गले दिन त्यसकै लागि जैविक र व्यक्तिगत विवरण दिन नपरोस् भनेर त्यसको पनि तयारी गरिरहेका छौँ ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘हामीले अरु ऐनको पनि तयारी गरिरहेका छौँ । हामी केही समयपछि, प्रहरी समायोजन केही दिन भित्रैमा प्रहरी समायोजन समितिको घोषणा गर्ने र प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा छौँ ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर