सडक दुर्घटनाको आपत्कालीन उद्धार र उपचार व्यवस्था गरिने

काठमाडौं ।  सडक दुर्घटनाको आपत्कालीन अवस्थामा उद्धार र उपचारको व्यवस्था गर्नेगरी राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा बिहीबार एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जन र राष्ट्रिय सडक सुरक्षा परिषद्को तर्फबाट सदस्यसचिव कृष्णराज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सुरक्षित सडक र दुर्घटना न्यूनीकरणका लागि दुर्घटना भई आइपर्ने आपत्कालीन अवस्थामा खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर