त्रिवि क्रिकेट मैदानमा सन्दीपको पक्षमा नाराबाजी

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा काठमाडौं जिल्ला अदालतद्वारा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा बिहीबार नारा लगाइएको छ। लामिछाने समर्थकहरूले सन्दीपको फोटोसहितको ब्यानर प्रदर्शन गर्दै ‘सन्दीप हाम्रा शान हुन्, हामीलाई सन्दीप चाहियो’ नाराबाजी गरेका हुन्। उनीहरुको नाराबाजीले गर्दा केहीबेर खेल प्रभावित भएको थियो।
नाराबाजीका बिचमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएर मैदानबाट बाहिर पठाइएको थियो । नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । सोही क्रममा दर्शकले नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया