आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा

काठमाडौं । आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको छ।गएराति भएको सेमिफाइनल खेलमा कंगोलाई १-० गोलले पराजित गर्दै आइभोरी कोस्ट फाइनलमा पुगेको हो।

आइभोरी कोस्टका लागि सेबास्टेइन हलरले ६५ औं मिनेटमा गरेको गोल खेलमा निर्णायक बन्यो। आइभोरी कोस्टले अब उपाधिका लागि नाइजेरियासँग खेल्नेछ। नाइजेरिया दक्षिण अफ्रिकालाई पराजित गरेर फाइनल पुगेको थियो। दक्षिण अफ्रिका र कंगोले तेस्रो स्थानका लागि खेल्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर