कतार एएफसी एशियन कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं ।  घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एशियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वुधबार राति भएको खेलमा इरानविरुद्ध ३–२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो ।

कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गोल गरेका थिए । तर, १७ औं मिनेटमा कतारले बराबरी गर्न सफल भयो । कतारका जसिम गाबरले गोल गर्दै बराबरी गरे ।

४३ औं मिनेटमा अकरम अफिफले गोल गरेपछि कतारले पहिलो हाफका २–१ को अग्रता बनायो । तर, ५१ औं मिनेटमा इरानले अलिरेजाले पेनाल्टीमार्फत गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर