पाकिस्तानमा आज आम निर्वाचन

काठमाडौं ।  आतंकवादी घटनाका बीच आर्थिक संकटसँग लडिरहेको पाकिस्तानमा बिहीबार करिब १२ करोड ८५ लाख जनताले नयाँ सरकार गठनका लागि मतदान गर्न सक्नेछन् । निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न देशभर करिब साढे ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वप्रधानमन्त्री नवाज शरीफलाई शक्तिशाली सेनाको समर्थन रहेको विश्वास गरिएको छ । पूर्व प्रधानमन्त्री इमरान खान जेलमा रहेकाले शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) चुनावमा सबैभन्दा ठूलो पार्टी बन्ने अपेक्षा गरिएको छ।
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन), पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) र बिलावल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) बीच आम चुनावमा प्रतिस्पर्धा छ । तर, पूर्वप्रधानमन्त्री नवाज शरीफको नेतृत्वमा रहेको पीएमएल–एन सेनाको आँखाको नानी बनेको छ । त्यसैले विश्लेषकहरुले उनलाई अगाडि नै राखेका छन् । योसँगै जनतामाझ बढी लोकप्रिय रहेको पीटीआईको चुनाव चिन्ह जफत भएपछि स्वतन्त्र भएर लड्नु परेको छ ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार आज (बिहीबार) बिहान ८ बजेदेखि मतदान सुरु भई साँझ ५ बजेसम्म जारी रहनेछ । राष्ट्रियसभाका लागि ५ हजार १२१ उम्मेदवारलाई कुल १२ लाख ८५ हजार ८५ हजार ७६० दर्ता भएका मतदाताले मतदान गर्न सक्नेछन् । उम्मेदवारमध्ये ४ हजार ८०७ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी छन् । त्यसैगरी चार प्रदेश सभाका लागि १२ हजार ६ सय ९५ उम्मेदवार चुनावी मैदानमा छन् । पाकिस्तानको कुल घघट नेशनल एसेम्बली सीटहरू मध्ये २६६ को लागि प्रत्यक्ष चुनाव हुन्छ । तर बाजपुर सिटमा उम्मेदवारको हत्यापछि मतदान स्थगित भएपछि २६५ सिटमा मात्रै निर्वाचन हुँदैछ ।

थप रूपमा, ६० सिट महिला र १० अल्पसंख्यकका लागि आरक्षित छन्, जुन विजयी दलहरूको समानुपातिक प्रतिनिधित्वबाट भरिन्छ। त्यसैगरी चारवटा विधानसभाका ७४९ सिटमध्ये ५९३ सिटमा प्रत्यक्ष निर्वाचन हुँदैछ । नियमअनुसार मतदान भएको १४ दिनभित्र निर्वाचनको नतिजा घोषणा गर्नुपर्ने हुन्छ । तर निर्वाचन आयोगले केही क्षेत्रमा सुरक्षा र अन्य कारणले निर्वाचनको परिणाम आउन ढिलाइ हुन सक्ने संकेत गरेको छ ।

जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले बुधबार आरोप लगाएको छ कि पाकिस्तानले आफ्नो मनपर्ने सरकार गठन गर्न फेब्रुअरी ८ मा हुने चुनावमा अपेक्षित परिणाम हासिल गर्न शक्तिशाली सैन्य प्रतिष्ठानका हातबाट “दशकहरूमा सबैभन्दा खराब राजनीतिक इन्जिनियरिङ”देखिरहेको छ।  पीटीआईले आफ्नो पार्टीले समर्थन गरेका उम्मेदवारहरूलाई प्रचारप्रसार गर्न नदिएको आरोप लगाएको छ । पीटीआईले इन्टरनेट मिडियाको सहयोगमा मात्र आफ्नो प्रचार गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर