नेपाल क्यानडासँग ओडीआई सिरिजअन्तर्गतको पहिलो खेल आज खेल्दै

काठमाडौं । नेपालले क्यानडासँगको तीन ओडीआई सिरिजअन्तर्गतको पहिलो खेल आज खेल्दैछ । खेल बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल घरेलु मैदानको फाइदा उठाउदै विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी सम्हाल्ने छन् ।

क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व प्रशिक्षक दसानायिकेलाई नेपालको सबल र दुर्बल दुवै पक्ष थाह छ । नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा हुने छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका छन् । ओडीआई सिरिजअन्तर्गतको दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर