म्यानचेस्टर सिटीसँग ब्रेन्टफोर्ड पराजित

काठमाडौं ।  इङिलस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग ब्रेन्टफोर्ड पराजित भएको छ । सोमबार राति भएको खेलमा सिटी ३–१ गोल अन्तरले विजयी भयो । खेलमा सिटीका फिल फोडेनले ह्याट्रिक गरे । उनले पहिलो हाफको अन्तिमतिर र दोस्रो हाफको ५३ र ७०औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै सिटी २२ खेलबाट ४९ अंककासाथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २३ खेलमा ५१ अंक रहेको लिभरपुल शीर्षस्थानमा रहदा समान खेलबाट ४९ अंक रहेको आर्सनल तेस्रो स्थानमा छ । सिटीसँग पराजित ब्रेन्टफोर्ड २२ खेलमा २२ अंकसहित १५ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर