सुविधा वृद्धि अध्यादेशविरुद्ध रिट 

काठमाडौं ।  कोशी प्रदेश सरकारले ल्याएको कोशी केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

कोशी सरकारले संविधानविपरीत मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्न अध्यादेश ल्याएको भन्दै अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

अधिवक्ताद्वयले संविधानविपरीत जारी भएको अध्यादेश खारेजीको माग गरेका छन्। उक्त रिटको माथिको सुनुवाइ बुधबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर