माओवादी केन्द्रको संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेरअघि सुरु भएको हो ।

बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो । आज दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा तयारी गर्न दलको बैठक बसेको सो दलका नेताहरुले बताएका छन् । संसदबाट महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने, बजेट तयारीलगायत समसामयिक विषयमा दलका सांसदहरुले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर