अभिनेत्री उर्मिला मातोन्डकरको कमब्याक

काठमाडौँ ।  बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले करिब १६ बर्षपछि वेभसिरिजमार्फत अभिनयमा कमब्याक गर्न लागेकी छन् । अब १६ वर्षपछि उर्मिलाले ओटीटी मार्फत अभिनयमा पुनरागमन गर्ने मौका पाएकी हुन् । उनी २०२४ मा वेबसिरिज तिवारीमा देखिनेछिन् । मिडिया रिपोर्टका अनुसार उर्मिलाको यो सिरिज आमा र छोरीको भावनात्मक सम्बन्धमा आधारित छ । फिल्मको कथा एउटा सानो सहरमा आधारित छ, जसमा उर्मिलाको एक्सन अवतार पनि देखिनेछ ।

हाल ५० बर्षिय उर्मिला ९० को दशककी शीर्ष अभिनेत्री हुन् । उनले जुदाई, रंगीला, सत्य, भूत, कौन जस्ता धेरै उत्कृष्ट फिल्महरूमा काम गरेकी छन् । उनको नाम त्यतिबेलाको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा रहेको थियो । उनले नायकभन्दा धेरै पारिश्रमिक लिएकी थिइन् ।शीर्ष स्थानमा रहे पनि उर्मिलाको जीवनमा यस्तो मोड आयो जब उनले फिल्म उद्योगमा काम पाउन छोडिन । बिस्तारै उर्मिलाको करियर खस्कदै गयो । वास्तवमा यसको पछाडिको कारण थियो उर्मिलाको जिद्दी जुन पछि उनीमाथि बोझ सावित भयो ।

२०१९ मा उनले राजनीतिमा जम्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन। उर्मिलाको मुख्य अभिनेत्रीको रूपमा अन्तिम फिल्म २००८ मा रिलिज भएको ‘ईएमआई’ थियो । यसपछि उनले चलचित्रमा स–साना क्यामियो गरिन् तर नायिकाको रुपमा कुनै चलचित्र भने पाइनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर