प्रिमियर लिग : लिभरपुल आर्सनलसँग पराजित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल आर्सनलसँग पराजित भएको छ। गएराति इमिरेट्समा आर्सनलले लिभरपुललाई ३-१ गोलले पराजित गरेको हो। आर्सनलको जितमा बुकायो शाका, ग्याब्रियल मार्टिनेली र लिनड्रो ट्रोसार्डले गोल गरे।

पहिलो हाफको १४ औं मिनेटमै शाकाले गोल गरेका थिए। इन्ज्युरी समयमा आर्सनलका ग्याब्रियल मगलहेजले आत्मघाती गोल गर्दा पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६७ औं मिनेटमा मार्टिनेलीले गोल गरे। ८९ औं मिनेटमा इब्राहिम कोनाटेले रातो कार्ड खाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो।

९० मिनेटपछि थपिएको समयको दोस्रो मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गरेपछि आर्सनल ३-१ गोलले विजयी भएको हो। यो खेलको नतिजाले उपाधि होड रोमाञ्चक बनेको छ। पराजित भएपनि लिभरपुल लिग लिडर कायम छ भने आर्सनल दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले २३ खेल खेलेर ५१ अंक जोड्दा समान खेल खेलेको आर्सनलको ४९ अंक छ।

आर्सनलले खेल जित्दा अंक तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ। पहिलो र दोस्रो स्थानमा रहेका लिभरपुल र आर्सनलभन्दा २ खेल कम खेलेको सिटीको ४६ अंक छ। उसले बाँकी दुई खेल जितेर ६ अंक जोड्न सकेको अवस्थामा शीर्ष स्थानमा उक्लिने सम्भावना बढेको छ। सिटीले भोलि बिहान ब्रेन्टफोर्ड र फेब्रुअरी १० मा एभरटनसँग खेल्नेछ। यी दुई खेल जित्न सके सिटी अंक तालिकाको शीर्षस्थानम उक्लिनेछ। चौथो स्थानमा रहेको एस्टन भिल्लाको पनि ४६ अंक छ तर उसले २३ खेल खेलिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर