कार्यकर्ताको हात भाँचिएपछि एमाले धादिङ जिल्ला अधिवेशन स्थगित

काठमाडौं । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन बन्द सत्र सुरु हुनुअगावै स्थगित भएको छ ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका छन् । नवौँ जिल्ला अधिवेशनमा धक्कामुक्का भएको छ । धक्कामुक्काबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको थियो । त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का भएको जनाइएको छ ।

एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । सोही दिन साँझ बसेको कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेज, नीतिगत निर्णयलगायतका विषयमा छलफल भएको थियो । हिजो ९शनिबार० बन्दसत्रको सुरुआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज बनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर