भारतीय अभिनेत्री पुनम पाण्डे जीवितै रहेको पुष्टि

काठमाडौं ।  भारतीय मोडल एवं अभिनेत्री पुनम पाण्डे जीवितै रहेको पुष्टि भएको छ । उनले मृत्युको समाचारलाई लिएर उनले माफी मागेकी छन् । पुनमको इन्स्टाग्राम अकाउन्टबाटै उनको मृत्यु भएको खबर सार्वजनिक गरिएको थियो । त्यसकै आधारमा मिडियामा समाचार आएको थियो । तर अहिले फेरि पुनमले आफू जीवितै रहेको भनेर भिडियो पोस्ट गरेपछि सबै जिल्लिएका छन् । फ्यानहरूले यसलाई तल्लो स्तरको स्टन्टको संज्ञा दिएका छन् ।

पुनमको मृत्यु सर्भिकल क्यान्सरबाट भएको दावी उनको इन्स्टा पोस्टमा गरिएको थियो । त्यति मात्र नभएर पुनमका म्यानेजरले पनि भारतीय मिडियासित मृत्यु भएको पुष्टि गर्दै आफूहरू गहिरो शोकमा रहेको बताएका थिए । तर पुनमका परिवारका सदस्य भने मिडियाको सम्पर्कमा आएनन् । कसैको फोन अफ थियो भने कसैको फोन सम्पर्कविहीन थियो । पुनम दुई दिन अघिमात्र पार्टीमा रमाइरहेकी थिइन् । उनलाई सर्भिकल क्यान्सर भएको पनि कसैलाई थाहा थिएन । कतिपयले पुनमको अकाउन्ट ह्याक भएको पनि आशंका गरेका थिए । तर पुनम आफैँले चर्चाका लागि यो स्टन्ट रचेको खुलेको छ ।

शनिबार पोस्ट गरेको भिडियोमा पुनमले भनेकी छन, ‘म जीवित छु । सर्भिकल क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, सर्भिकल क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूको बारेमा म यसो भन्न सक्दिनँ । पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन । यो रोक्न सकिन्छ । तपाईंले आफ्नो परीक्षण गर्नुपर्छ । हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर