खुलामञ्चमा घाँसे चउर बनाइने

काठमाडौं ।  खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुबो रोपिनेछ । दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ् वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ ।

महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भने,  “दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाएका छौँ ।  गएको ३ दिनदेखि काम भइरहेको छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर