चिलीमा आगलागीबाट १० जनाको मृत्यु

काठमाडौं । चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएपछि शुक्रबार उक्त क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपत्कालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका हुन् ।

डढेलो भिना डेल मार र भाल्पाराइसो पर्यटकीय क्षेत्रमा लागेको छ । चिलीको राष्ट्रिय वन प्राधिकरण कोनाफका अनुसार भाल्पाराइसोमा मात्रै करिब ४८० हेक्टर जमिन डढेलोले जलाइसकेको छ । एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रीष्मकालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो । वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि जानकारी गराएका छन् । चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर