दक्षिण कोरिया सेमिफाइनलमा

काठमाडौं । एसियन कप फुटबलमा दक्षिण कोरियाले नाटकीय जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। अधिकांस समय १-० को अग्रता बनाएको अस्ट्रेलिया विरुद्ध दक्षिण कोरियाले इन्जुरी समयको छैटौं मिनेटमा बराबरी गोल गर्दा जितका लागि निर्णायक गोल भने अतिरिक्त समयमा सम्भव बनाउँदै २-१ को जित निकाल्यो। दक्षिण काेरियाका लगि निर्णायक गोल गर्ने क्रममा सन ह्युङ मिनले अतिरिक्त समयमा आकर्षक फ्रिकिक गोल गरेका थिए। खेलको १०४ मिनेटमा सनले गरेको फ्रिकिक गोल अस्ट्रेलियालाई हराउन पर्याप्त बन्यो।

खेलमा अग्रता भने अस्ट्रेलियाले ४२ औं मिनेटमा लिएको थियो। क्राइग गुडविनले नथानिल एटकिन्सनको क्रसलाई आकर्षक भलीमार्फत् गोलमा परिणत गरेका थिए। तर इन्जुरी समयमा सनमाथि लेविस मिलरले फल गरेपछि पाएको पेनाल्टीलाई ह्वाङ ही छानले गोलमा परिणत गर्दा अस्ट्रेलिया सम्भावित जितबाट विमुख भएको थियो। खेलको अन्तिम समयमा अस्ट्रेलिया १० खेलाडीमा समेटिएको थियो। अस्ट्रेलियाका एइडन ओनील भिएआरको सहयोगमा गम्भीर फलका कारण रेडकार्ड खाएर अतिरिक्त समयको पहिलो इन्जुरी समयमा मैदानबाट बाहिरिएका थिए।

अब अस्ट्रेलियाले फाइनल प्रवेशका लागि जोर्डनसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। जोर्डनले शुक्रबार नै भएको खेलमा ताजिकिस्तानलाई १-० ले हराएर अन्तिम चारमा पहिलो पटक स्थान बनाउन सफल भयो। प्रतियोगिताको सेमिफाइनल पुग्ने थप दुई टोलीको टुगो आज हुँदैछ। पहिलो खेलमा जापान र इरान ५:१५ मा भिड्दा दोस्रो क्वाटरफाइनलमा उज्वेककिस्तान र कतार राति ९:१५ मा प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर