जग्गा घोटाला प्रकरण : चौधरी र थापालाई चार दिन थुनामा राख्ने अनुमति

काठमाडौं ।  बाँसबारी छाला तथा जुत्ता कारखाना जग्गा घोटाला प्रकरणमा पक्राउ परेका सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पक्राउ परेका चौधरीलाई आजै जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको थियो । सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर