झम्सिखेल महोत्सव माघ २० गते

ललितपुर । झम्सिखेल युथ क्लबको आयोजनामा यही माघ २० गते ‘पाँचौ झम्सिखेल सडक महोत्सव २०८०’ हुने भएको छ। झम्सिखेल युथ क्लबले हरेक चार–चार वर्षमा आयोजना गर्ने उक्त सडक महोत्सव, यसअघि २०६४, २०६८, २०७३ तथा २०७६ मा गरेको थियो।

महोत्सवमा चर्चित लोकदोहोरी गायकका प्रस्तुति साथै रक कन्सर्ट तथा हास्य कलाकारको प्रस्तुति पनि रहने, क्लबका अध्यक्ष सन्दन थापा मगरले जानकारी दिए। महोत्सवमा सांस्कृतिक कार्यक्रमका अतिरिक्त विभिन्न प्रकारका स्टलहरु राखिने र महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष मगरको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर