बाँसबारी छाला तथा जुत्ताको जग्गा हड्पने सिंह र अरुण चौधरी पक्राउ

काठमाडौं  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजितनारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । अरुण चौधरी नेपाली कांग्रेसका सांसद एवं अर्बपति विनोद चौधरीका सहोदर भाइ हुन् ।

सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो ।

चौधरीको द चाँदबाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजितनारायण सिंह थापाको मिलेमतो रहेको आरोपमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर