एएफसी एसिया कप : जापान र इरान क्वाटरफाइनलमा प्रवेश

काठमाडौं  ।  कतारमा जारी एएफसी एसियन कपको अन्तिम प्रि क्वार्टरफाइनल खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान क्वार्टरफाइनल प्रवेश गरेको छ। निर्धारित समय र थपिएको ३० मिनेटमा एक–एक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। खेलमा सुरुवाती अग्रता इरानले बनाए पनि त्यसलाई लामो समय जोगाइराख्न भने सकेन।

इरानका लागि खेलको ३४औं मिनेटमा म्हेदी तारेमीले पेनाल्टीमार्फत गोल गर्दा खेलको ६४औं मिनेटमा सिरियाले पनि पेनाल्टीमार्फत नै गोल फर्कायो। उसका लागि ओमर खिरबिनले गोल गरे। दोस्रो हाफको इन्जुरी समयमा इरानका गोलकर्ता तारेमी दोहोरो पहेँलो कार्ड खाँदै खेलबाट बाहिरिएको थियो। दश खेलाडीमा सीमित आफ्नो टिमलाई इरानका खेलाडीहरू अतिरिक्त समयसम्म धकेले र खेल पेनाल्टी सुटआउटमा पुग्यो।

पेनाल्टी सुटआउटमा इरानले पाँच गोल गर्दा सिरियाले मात्र तीन गोल गर्न सक्यो। उता बुधबार नै भएको अको प्रि क्वार्टरफाइनल खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले हरायो। जापानका लागि खेलको ३१औं, ४९औं र ७२औं मिनेटमा क्रमशः रिस्तु डोइन, टाकेफुसा कुबो र आयसे उडेले गोल गरे। बहराइनका लागि खेलको ६४औं मिनेटमा जापानका आयसे उडेले आत्मघाती गोल गरिदिए। योसँगै एसियन कपका क्वार्टरफाइनलका खेलहरू शुक्रबारदेखि हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर