बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्री दर १६८ रुपैयाँ ९१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया