लिभरपुलसँग चेल्सी पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा चेल्सीविरुद्ध लिभरपुलले चार गोल गरेको छ । लिभरपुलविरुद्ध १ गोल गरे पनि चेल्सी ४-१ ले स्तब्ध हुन पुग्यो । लिभरपुलका डिएगो जोटाले २३औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै लिभरपुलका कोनोर ब्राडलीले ३९औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो हाफमा चेल्सीविरुद्ध २-० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६५औँ मिनेटमा डोमिनिक जोबोस्ज्लाईले लिभरपुललाई ३-० को स्थितिमा पुर्याए । खेलको ७१औँ मिनेटमा चेल्सीका क्रिस्टोफर एनकुंकुले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए । तर, ७९औँ मिनेटमा लिभरपुलका लुइस डाइजले गोल गर्दै चेल्सीविरुद्ध ४-१ को जित सुनिश्चित गरे ।
प्रतिक्रिया