बङ्गलादेशलाई नेपालको १७० रनको चुनौती

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी विश्वकप क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई १७० रनको चुनौती दिएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ ओभर ५ बलमा १० विकेट गुमाउँदै १६९ रन बनाएको हो। नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी दुई रनले अर्धशतक बनाउन चुके । सय बल खेल्दै उनले चार चौकाको मद्दतमा ४८ रन बनाएको हो।

नेपालका कप्तान देव खनालले ६० बल खेल्दै ३५ रन जोडेका थिए । सुवास भण्डारीले नटआउट १८ रन जोडे भने अर्जुन कुमाल २६ बल खेल्दै १४ रन बनाएर आउट भए। अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क जोड्न सकेनन् ।

बङ्गलादेशका रोहन दौलाह बोरसनले ४ विकेट लिए भने सेख पैभेज जीबोनले ३ विकेट हात पार्नुभयो। बङ्गलादेशले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ।

नेपालले सुपर सिक्सको दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ। विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार खेपेको थियो। अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर