भक्तपुरमा खाल्डोमा खसेको एक बच्चाको सकुशल उद्धार

काठमाडौं  । प्रहरीले खाल्डोमा खसेको दुई वर्षीय एक बच्चालाई सकुशल उद्धार गरेको छ।

भक्तपुर सूर्यविनायक नगरपालिकाको कटुञ्जे भैरव मन्दिरनजिक खाली जग्गामा बोरिङ गर्न खनेको करिब १५ फिटको खाल्डोमा खसेको दुई वर्षीय बच्चालाई मंगलबार प्रहरी प्रभाग कटुञ्जे र प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको (प्रनाउ) डिएसपी वसन्त पाठकले जानकारी दिए। रामेछाप मन्थली नगरपालिका वडा नं। ७ घर भई हाल कटुञ्जे बस्ने दुई वर्षीय सजिन भुजेल खेल्ने क्रममा उक्त खाडलमा खसेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर