बुधबारका लागि विदेशी मुद्राको विनियम दर

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्दा युरोपियन युरोको भाउ भने बढेको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा थियो।

त्यसैगरी आज युरो १ को खरिदर १४३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा थियो। त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ।  हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा थियो।

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६४ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रुपैयाँ २८ पैसा थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर