विश्वमा पहिलोपटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण

काठमाडौं ।  विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी न्युरालिङ्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गरेको छ । मस्कले पहिलो पटक मानिसमा वायरलेस ब्रेन चिपको सफल प्रत्यारोपण गरेको बताएको बीबीसीले जनाएको छ । चिप प्रत्यारोपण गरिएका व्यक्ति निको हुँदै गइरहेका मस्कले उक्त जानकारी सार्वजनिक गरेका हुन् ।

चिपको सहायताले व्यक्तिले सोचेकै भरमा फोन, कम्प्युटर वा अन्य उपकरण नियन्त्रण गर्न सक्ने मस्कले बताए । जटिल न्युरोलोजिकल (स्नायुसम्बन्धी) रोगहरूको सामना गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको कम्पनीले जनाएको छ । मस्कको कम्पनी न्युरालिङ्कलाई गएको वर्ष अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले मानवमाथि चिपको परीक्षण गर्न अनुमति दिएको थियो । कपालको रेसाभन्दा पनि पातलो रहनेको उक्त चिप यसअघि रोबोटमा प्रयोग गरिएको थियो । कम्पनीले ६ वर्ष लगाएर सो चिप बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर