दोस्रो मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता हुने

मध्यपुर । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसिएसनको आयोजनामा दोस्रो मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

मध्यपुरमा आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता यही माघ २९ देखि फागुन २४ गतेसम्म आयोजना गरिने मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए ।
प्रतियोगितामा नौवटा टिमको सहभागिता रहने छ भने प्रत्येक टिमले ८ वटा प्रतियोगितामा सहभागिता जनाउने सिंहले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई दुई लाख पचास हजार, दोस्रो स्थान हासिल गर्ने टिमलाई एक लाख पच्चीस हजार र तेस्रो स्थान हासिल गर्ने टिमलाई साठी हजार नगद, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने सिंहले जानकारी दिए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २० हजार, अनुशासित टिमलाई २५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फर्वाड र रेफ्रीले १० हजार नगदसहित सम्मान गरिने सिंहको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर