बिपीका उपकुलपति प्रल्हाद कार्कीमाथि दुर्व्यवहार

काठमाडौं ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि दुर्व्यवहार भएको छ । प्रतिष्ठान परिसरमै उपकुलपतिको कार्यकक्षमा मंगलबार भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेका हुन् ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । दिउँसो १ बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर