स्पेनिस ला लिगा फुटबलमा गेटाफेको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गेटाफेले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै गेटाफे विजयी भएको हो । गेटाफेका मेसन ग्रीनवुड र बोर्जा मेयरलले एक–एक गोल गरे । गेटाफेका ग्रीनवुडले खेलको २१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३६औँ मिनेटमा बोर्जाले गरेको गोलसँगै गेटाफे २–० गोलले विजयी भयो । यो जितसँगै गेटाफे २१ खेलबाट २९ अंक जोडेर १०औँ स्थानमा छ । पराजित भएको ग्रानाडाले २२ खेलबाट ११ अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर