सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा धामी
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता खगराज भट्टलाई हटाइएको छ । बहुमत प्रदेशसभा सदस्यले संसदीय दलको नेता नै फेर्ने निर्णय गरेर प्रदेशसभा सचिवालयमा पठाएका थिए ।
सचिवालयले भट्टलाई हटाएर मानबहादुर धामीलाई चयन गरिएको बताएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले सचिवालयमा आएको पत्रलाई सोहीअनुसार कार्यान्वयन गरिएको बताए ।
प्रतिक्रिया