नेप्से साताको दोस्रो दिन सोमबार पनि वृद्धि

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन सोमबार पनि बढेको छ । आइतबार १०.३७ अंकले बढेर २०९४.४६ बिन्दूमा पुगेको नेप्से आज सोमबार १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको छ । ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरकाे कारोबार भएको छ ।

आज लघुवित्त, निर्जीवन र ट्रेडिङ बाहेकका उपसमूहमा वृद्धि देखिएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ६५.२८, उत्पादमूलक र प्रशोधनतर्फ ३५.९५, अन्य समूहमा ३४.६८ र होटल तथा पर्यटन उपसमूहको सूचक ३१.५६ अंकले बढेको छ ।

युनियन हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता २२ रुपैयाँ १० पैसा बढ्नेगरी सकारात्मक सर्किट लाग्दा गरिमा डिबेञ्चर २०८५ को शेयरमूल्य नकारात्मक सर्किट लाग्दै ९८ रुपैयाँ ५० पैसाले घटेको छ । आज नेप्सेमा १५० कम्पनीको शेयरमूल्य बढ्दा ८६ कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन्‌ । ११ कम्पनीको शेयर मूल्य परिवर्तन भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर