इजिप्टलाई स्तब्ध पार्दै कंगो क्वाटरफाइनलमा

काठमाडौं ।  गोलरक्षक लियोनल एमपासीले सडन डेथमा निर्णायक गोल गर्दा प्रजातान्त्रिक गणतन्त्र कंगोले सात पटकको च्याम्पियन इजिप्टलाई हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा स्थान बनाएको छ। निर्धारित तथा अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ कुल १८ खेलाडीले पेनाल्टी प्रहार गर्दा कंगोले बाजी मारेकाे हाे।

आइतबार राति भएको खेलमा सुरुवाती पाँच पेनाल्टी सुटआउटमा समेत दुबै टिमको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। जहाँ कंगोले आफ्नो आठौं पेनाल्टीमा गोलरक्षक एमपासीले निर्णायक गोल गरे। त्यसअघि आफ्नो टिमको सातौं पेनाल्टी प्रहारका लागि आएका इजिप्टका मोहम्मद अबो गाबालको प्रहार गोलमा परिणत हुन सकेको थिएन।

खेलमा इजिप्ट विरुद्ध कंगोले ३७ औं मिनेटमा मेश्चाक इलियाको गोलमार्फत् अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा इजिप्टले पेनाल्टीमार्फत् खेललाई १-१ को बराबरीमा ल्यायो। दोस्रो हाफमा दुबै टोलीले गोलका केही प्रयास गरेपनि सफल भएनन्। इजिप्ट इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर