एक दर्जन सांसद भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा एक दर्जन सांसदहरु भारत जान लागेका हुन् । उनीहरुको भ्रमण यही जनवरी ३० बाट सुरु हुनेछ ।

उनीहरु फेब्रुअरी ७ सम्म भारतमा रहनेछन् । समितिका सभापति यादवले भ्रमण दलमा १२ जना सांसदहरु सहभागी हुने जानकारी दिए । भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डलले भारतको लोकसभाका सभामुखसँग भेटवार्ता गर्ने तय भएको छ । सो भेटवार्ता भने यही जनवरी ३१ मा हुनेगरि तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर