सरकारद्वारा २२ कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले २२ कम्पनीलाई कालोसूचीमा राखेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २२ कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ।
सरकारले एक कम्पनीलाई साढे दुई वर्ष,चारवटालाई तीन वर्ष, चारवटालाई दुई वर्ष, पाँचवटालाई डेढ वर्ष र आठवटालाई एक वर्ष कालोसूचीमा राखेको छ। कालोसूचीमा रहेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
प्रतिक्रिया