यस वर्षको शहीद दिवसमा बिदा छैन : गृह

काठमाडौं ।  २०८१ सालको शहीद दिवसमा सार्वजनिक बिदा दिने घोषणा गरेपछि सरकारले यो वर्ष शहीद दिवस (माघ १६) मा बिदा नभएको स्पष्ट गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो वर्ष शहीद दिवसको अवसरमा बिदा दिने निर्णय नभएको जानकारी दिए ।

गत पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८१ सालमा थप २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । माघ १६ गतेको शहीद दिवस र राम नवमीमा बिदा थप गर्ने निर्णय सरकारले गरेको थियो । सो निर्णयलाई लिएर यो वर्षको शहीद दिवसमा बिदा हुने/नहुने बारे अन्योल थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर