अभिनेता  प्रदीप खड्कालाई एकपछि अर्को फिल्म

काठमाडौं ।   अभिनेता  प्रदीप खड्का पछिल्लो समय एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेका छन् । पछिल्लो समय लगातार तीन सिनेमामा अनुबन्धित भइसकेका यी अभिनेता यतिबेला निर्देशक कृषा चौलागाईंको चलचित्रमा पनि अनुबन्धित भएका छन् । कृषाको निर्देशन रहने नयाँ फिल्म ‘पिताम्बर’मा यी अभिनेता शनिबार अनबुन्धित भएका हुन् ।

एकपछि अर्को फिल्ममा प्रदीप खड्का अनुबन्धित हुने क्रम मौलाएको भए पनि उनका फिल्महरु समयमै छायाँकन हुन सकेका छैनन् । यही १० माघबाट कास्कीदेखि छायाँकन सुरु हुने प्रदीपको फिल्म ‘पूजार सार्की’को तोकिएको समयमा छायाँकन सुरु हुन सकेको छैन । यो चलचित्रमा रहेका तीन नायकहरुको भूमिका सन्तुलनमा नभएपछि कलाकारहरुको असन्तुष्टी पछि यो चलचित्रको छायाँकन समयमै नभएको हो ।

यस्तै प्रदीपले अभिनय गर्ने भनेको चलचित्र ‘ऐरी’ र ‘एक्टर’को छायाँकन पनि सुरु हुन सकेको छैनन् । प्रदीपका यी तीन फिल्मको अझै छायाँकन हुन नसके पनि यो नयाँ फिल्मको छायाँकन चाँडै सुरु हुने विश्वास निर्माण पक्षको छ । यो चलचित्रकी निर्देशक चौलागाई चलचित्र पिताम्बरको केही प्रतिसत छायाँकन केही दिन भित्रैं तराईका सम्पन्न गर्ने पक्षमा छिन् । त्यसपछिबाट बाँकी छायाँकन बिस्तारै गर्ने उनले बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर