शिकागोमा गोली हानेर दुई विद्यार्थीको हत्या

काठमाडौं ।  अमेरिकाको सिकागो मध्यक्षेत्रमा शुक्रबार भएको सशस्त्र झडपमा दुई विद्यार्थीकोे मृत्यु भएको शिकागो प्रहरी तथा अग्नि नियन्त्रकले बताएका छन् । शिकागो ट्रिब्यूनको रिपोर्ट अनुसार मृतक विद्यार्थी १६ र १७ वर्षका थिए । उनीहरूसहित विद्यालयका अन्य चार व्यक्तिहरू विद्यालयबाट फर्कँदै गर्दा दुई गाडीमा आएका केही व्यक्तिहरूको समूहले गाडीबाट झरेर गोली हानेका थिए ।

मृतकलाई छातीमा गोली हानिएको र उनीहरूलाई गम्भीर अवस्थामा नर्थवेस्टर्न मेमोरियल अस्पतालमा लगेको केही समयपछि मृत घोषणा गरिएको शिकागो फायर डिपार्टमेन्टका प्रवक्ता ल्यारी ल्याङफोर्डले बताए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अप्रिल २०२३ मा शिकागोको मध्यक्षेत्र दुई किशोरहरूलाई गोली हानिएको थियो भने एक वर्षअघि मिलेनियम पार्कको बीन मूर्तिकला नजिकै १६ वर्षीय बालकको गोली हानी हत्या गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर