पीएम कप क्रिकेट : बागमतीले लुम्बिनीलाई ६ विकेटले हरायो

काठमाडौँ ।  प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ । लुम्बिनी प्रदेशले दिएको १०७ रनको लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।

बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए भने १२ रन अतिरिक्त पायो । लुम्बिनीका निर्मल गुरुङले २, कृष्ण कार्की र अभिषेक गौतमले एक/एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर