काठमाडौंमा आज सर्वाधिक चिसो, तापक्रम २.९ डिग्री

काठमाडौं ।  काठमाडौं  उपत्यकाको तापक्रम आज (शनिबार) यो वर्षको अहिलेसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।

‘यो काठमाडौँ उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम तापक्रम हो’, उनले भनिन्। यसअघि उपत्यकामा यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम बिहीबार र शुक्रबार ३ डिग्री सेल्सियस देखिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर