प्रहरीद्वारा अध्यागमन कार्यालयका प्रमुख कुटिए

काठमाडौं ।  त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालमाथि विमानस्थलकै प्रहरीले हातपात गरेका छन्। अध्यागमन कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न खोज्दा प्रमुखमाथि नै प्रहरीले हातपात गरेको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए ।

‘अध्यागमन कर्मचारीमाथि हातपातको रिपोर्ट भएको थियो’, उनले भने, ‘कसको गल्ती भनेर सीसीटीभी कार्यकक्षमा हेर्दा प्रहरीले ज्यादती गरेको भेटियो र त्यसबारे प्रहरीसँग बुझ्दा हाकिममाथि पनि हातपात भएको हो।’  प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले भने चेकका क्रममा सामान्य विवाद भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर