अमेरिकामा नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड

काठमाडौं ।  अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । ५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।

विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएकाे यो पहिलो घटना भएको बीबीसीले जनाएको छ । सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए ।

अन्तिम मिनेटको अपिलमा हारेपछि उनलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो । स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै अमेरिकी सर्वोच्च अदालत र पुनरावेदन अदालतमा अपिल गरे पनि अदालतले ती अपिलहरु अस्वीकार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर