सुनचाँदीको मूल्य यथावत्

काठमाडौं ।  सुनको मूल्यमा आज कुनै परिवर्तन भएको छैन। बिहीबार १ लाख १८ हजार प्रतितोला मूल्यमा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो। तेजाबी सुन पनि आज १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ। यता चाँदीको मूल्यमा पनि कुनै परिवर्तन नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी तोलामा १ हजार ४ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर