बालेनसँगै राष्ट्रियसभा निर्वाचनमा साम्पाङ र हमालले पनि मतदान गरेनन्

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट मोरङको ग्रामथाङ गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा सहभागी भएनन् । गच्छदार शुक्रबार अकास्मात् बिरामी परेपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचाररत छन् । शाह भ्रष्टाचार मुद्दामा मुछिएपछि निलम्बनमा छन् । दुवै कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन् ।

कोशीमा गठबन्धनबाट कांग्रेसका कृष्ण सिटौला र माओवादीकी चम्पादेवी कार्की उम्मेदवार छन् भने यहाँ एमाले र राप्रपाले तालमेल गरेका छन् । एमालेले रूक्मिणी कोइराला र राप्रपाले उद्वव पौडेललाई उम्मेदवार बनाएको छ । यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले राष्ट्रिय सभा सदस्यको मतदान नरेको रिपोर्ट आएको छ । नगर प्रमुख हमालले बिहीबार जारी राष्ट्रियसभा सदस्यको मतदानमा सहभागिता नजनाउने बताएका हुन् । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि राष्ट्रियसभाको निर्वाचनमा भाग नलिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर