मधेश प्रदेशमा आजपाको बन्द

काठमाडौं ।  प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ। राष्ट्रियसभाको निर्वाचन लक्षित गरी आह्वान गरिएको बन्दको आंशिक प्रभाव परेको हो।

बैंक तथा वित्तीय संस्थाको ब्याज फिर्ता गर्न, लघुबित्त सहकारीको ऋण मिनाहा गर्न तथा आमजनता लाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनु पर्ने मागसहित आव्हान गरिएको बन्दलाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरु प्रदेशको राजधानी जनकपुर लगायत प्रदेशको सबै जिल्लाहरुमा आज बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका छन्। पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा जनकपुरमा आज बिहान प्रदर्शन गरिएको थियो।

जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बिगतको तुलनामा कम चलेको छ। पसल ब्यापारिक प्रतिष्ठानहरु पूर्ववत् चलेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी श्याम कुमार कुशवाहाले बताएका छन्। प्रदेशको अन्य जिल्लाका मुख्य सहर तथा बजार हरुमा पनि साना ठूला पसलहरु सञ्चालनमा रहेको छ।

हाल चिसोको कारण पनि पसल तथा ब्यापारिक प्रतिष्ठानहरु अलि ढिलो खुल्ने भएकाले बन्द जस्तो देखिएपनि बन्दको खासै प्रभाव नपरेको प्रवक्ता कुशवाहाले दाबी गरेका छन। पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनको सुरक्षार्थ ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको छ। जनकपुर लगायत प्रदेशको अन्य जिल्लाहरुमा पनि टायर बालेर प्रदर्शन गर्ने प्रदर्शनकरूहरु पक्राउ परेका छन् .

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख इन्स्पेक्टर सुशील आचार्यका अनुसार पूर्वपश्चिम राजमार्गमा बिगतको तुलनामा कम सवारीसाधन चलेको छ भने गौर चन्द्रपुर सडकखण्डमा पनि चल्ने गाडीको संख्या कम देखिएको छ। यसैबीच मधेश बन्द सफल पार्न आजपा कार्यकर्ताहरु बिहानै जनकपुर, लालबन्दी, गौर, कलैया, वीरगञ्ज, चन्द्रनिगाहपुरलगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर