चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु

काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार दिउँसो करिब ३ बजे भवनबाट आगलागी भएको थियो । आगो राति ९ बजे मात्रै निभाई सकिएको थियाे । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।

छ तले व्यावसायिक र आवासीय इँटा–कङ्क्रिट संरचनाको तहखानेबाट आगलागी शुरु भएको हो । बेसमेन्ट भित्र रहेको शीत भण्डारको मर्मतका लागि कामदारले गैर कानुनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो घटनाको अनुसन्धानका क्रममा सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर