घरबाट हाम फाल्दा व्यापारी अग्रवालको मृत्यु

काठमाडौं । कैलालीको धनगढीका एक व्यापारी आफ्नो घरको पाँच तलाबाट हाम फाल्दा ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालको उपचारको क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सन्दीप स्टोरका सञ्चालक अग्रवालले आज आफ्नो घरको पाँचौ तलाबाट जमिनमा हाम फालेका थिए ।

घरको छतबाट हाम फालेका व्यापारी अग्रवाललाई उपचारका लागि तत्काल नवजीवन अस्पतालमा लगिएकोमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । अग्रवालले कस्मेटिक व्यापार गर्दै आएको जनाइएको छ ।

उनले के कति कारणले घरको छतबाट हाम फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घरको माथिल्लो तल्लास्थित छतमा पुगेका अग्रवाललाई आसपासका स्थानीयले त्यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेर हाम फालेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर