माधवनारायण तथा श्री स्वस्थानी मेलाको तयारी पूरा

काठमाडौं । शंकरापुर नगरपालिका (साँखु) स्थित पवित्र तीर्थस्थल शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला तथा श्री स्वस्थानी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वको शाली नदीमा माधवनारायण व्रत यही माघ ११ गतेदेखि सुरु हुँदैछ । हरेक वर्ष शालि नदीमा माधवनारायणको व्रत तथा श्री स्वस्थानी परमेश्वरीको व्रत मेला लाग्ने गर्दछ । यस्तै उक्त दिनदेखि घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा आरम्भ गरिन्छ ।

यसपटकको मेलामा २२ देखि २५ लाख भक्तजनहरुले मेलाको अवलोकन गर्ने आयोजक श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ । एक महिनासम्म सञ्चालन हुने मेलामा यसपटक २ सय १५ जना व्रतालुहरु एक महिनासम्म एक छाक चोखो खाना खाएर व्रत बस्ने गर्दछन् ।

भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै मन्दिर परिसरको शान्ति सुरक्षालाई सुदृढ पारिएको समितिले जनाएको छ । सुरक्षाका लागि सामुदायिक प्रहरी सेवा केन्द्र तथा विशेष प्रहरी टोली परिचालन गरिने भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर